कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् । आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।
बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् ।
कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए ।‘यस्तो अवस्थामा सरकारले जनतालाई राहत दिनु पर्ने हो । तर, सरकार सांसदमै उपस्थित भएको छैन ’ एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने ‘हामीले सरकारको खोजीको लागि साङ्केतिक रुपमा बत्ती बालेका हौँ । ’
मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरेका थिए । कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद् छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए । संसद्मा उपस्थित भएको भन्दै मन्त्रीलाई बर्खास्त गरेकोमा उनले विराध जनाए ।
‘यस्तो अवस्थामा सरकारका सबै मन्त्री संसद्मा उपस्थित हुनुपर्ने हो उल्टै उपस्थित भएका मन्त्रीहरूलाई पनि बर्खास्त गर्ने सरकारलाई नै बर्खास्त गर्नुपर्छ’ उनले भने । नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले पनि सरकारले संसद् छलेको भन्दै विरोध गरे । उनले सरकारलाई चाँडै विश्वासको मत लिन वा राजीनामा दिएका थिए ।
२० असारमा एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेका छ । तर, मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ