आइएमई पे र बससेवा ट्रावल एण्ड टुरबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १६ : ३७
आइएमई पे र बससेवा ट्रावल एण्ड टुरबीच सम्झौता

काठमाडौँ । बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । बससेवा ट्रावल एण्ड टुरमार्फत सम्पर्कमा आउनुभएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन् । यस व्यवस्था सँगै नजीकिदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बस सेवा ट्रावल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले  हस्ताक्षर गर्नुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस