ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १६ : १८
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । खैरहनी नगरपालिकाको मगनीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भण्डाराबाट नारायणगढतर्फ आइरहेको ना ५ ख ९८६१ नम्बरको ट्रकले ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको खैरहनी प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार महिला गम्भीररुपले घाइते भएको र निजको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृत्यु हुने व्यक्ति खैरहनीका सोहन चौधरी हुन् । घाइतेको नाम भने खुलेको छैन । घटनापछि आक्रोसित समूहले ट्रकमा आगजनी गरेका थिए । प्रहरीले भने मृतकको सनाखत भइनसकेको जनाएको छ । ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस