आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०६ : ५१
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस