चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, १३ : ३९
चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं। साङ्घाई– मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएर ११ जनाको मृत्यु भएको छ । साथै कम्तीमा एकजना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटीभी)ले आइतवार जनाएको छ । 

आधिकारिक प्रसारणकर्ता सीसीटीभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतवार दिउँसोसम्म ११ जनाको शव निकालिएको र ६ जना घाइतेको उद्धार गरिएको बताइएको छ ।

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सीसीटीभीले समाचारमा उल्लेख गरेको छ । यस महिनाको शुरूमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो । 

गत मेमा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस