एजेन्सी । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
'आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,' उनले लेखेकी छन्, 'म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।'
पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।
अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेकोले आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमला ह्यारिसको टिप्पणीः पुटिन र किमजस्ता तानाशाह मात्र ट्रम्प विजयी भएको हेर्न चाहन्छन्
ह्यारिसलाई ट्रम्प भन्दा अगाडि देखाइरहेछन् जनमत सर्वेक्षण
कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन