एजेन्सी । अमेरिकामा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्ना प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनको आलोचना गरेकी छन्।
बीबीसीका अनुसार वर्तमान उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले चुनावी भाषण गर्दै पुटिन र किमजस्ता तानाशाहले मात्र अमेरिकामा पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले जितेको हेर्न चाहने टिप्पणी गरेका हुन्।
ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गरेको देशको लागि लडौँ।’
साथै उनले अब बाँकी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाको अर्को उत्कृष्ट अध्याय लेख्न लागि आफूहरूसँग पर्याप्त शक्ति रहेको दाबी पनि गरिन्।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ कार्तिक २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्यारिसलाई ट्रम्प भन्दा अगाडि देखाइरहेछन् जनमत सर्वेक्षण
कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन
कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा
कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन