रास्वपाले विधान संशोधन गर्ने, पार्टीका नेताहरुलाई सघन प्रशिक्षण दिइने

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, ०८ : ०९
रास्वपाले विधान संशोधन गर्ने, पार्टीका नेताहरुलाई सघन प्रशिक्षण दिइने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  विधान संशोधन गर्ने भएको छ ।  विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि केन्द्रीय समिति बैठकले सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘विधान संशोधन सुझाव कार्यदल गठन’ गर्ने निर्णय गरेको हो ।

कार्यदलमा सोबिता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन् । 

बैठकले पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि क्लोज क्याम्प आयोजना गर्ने निर्णय पनि गरेको छ ।
 यस्तै  पार्टीको केन्द्रीय विभागहरुमा विभिन्न मितिमा मनोनीत सदस्यहरुलाई अनुमोदन गर्ने, डा अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने, पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरुमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्नेलगायतका निर्णय बैठकले गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।