काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भर्खरै लामिछानेको बयान भएको हो । अब थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुनेछ । त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध
मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालत जाँदै रवि लामिछाने
रवि लामिछानेलाई रुपन्देही अदालतले दियो वैशाख २३ को अर्को तारिख
म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला : रवि लामिछाने