क्लालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ ।
हावाको गति बढेसँगै आगलागी झनै बढेको छ । हाल त्यहाँ ८० किलोमिटर/घण्टाको गतिमा हावा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्नि नियन्त्रकहरू आइपुगेका छन्।
आगलागीको संकटका बिच क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यु घोषणा गरेको छ । यस मामिलामा २० जनालाई पक्राउ गरिएको छ।
रोयटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । त्यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
कोहलपुरमा फेन्सी पसलमा आगलागी
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति