खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १४ : ०६
खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

धरान । खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको छ। सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए। 

आइतबार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का विष्णु परियारको ७ वर्षीय छोरी विविशा परियारलाई सुनसरी खोलाको किनारामा खेल्नेक्रममा खोलाले बगाएर मृत्यु भएको दाहालले जानकारी दिए। 

त्यस्तै मोरङको सुनवर्सी नगरपालिका–७ सुकुम्वासी टोलका श्रीकुमार ऋषिदेबको ९ वर्षीय छोरा अमन ऋषिदेवको मरिया खोलामा पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको दाहालले बताए। घटनापश्चात प्रहरीले दुबै जनाको शव फेला पारेर परिवारलाई बुझाएको छ।