करारका कर्मचारी नहटाउने सहमतिपछि धरानले ल्यायो पौने २ अर्बको बजेट

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १२ : ५९
करारका कर्मचारी नहटाउने सहमतिपछि धरानले ल्यायो पौने २ अर्बको बजेट

काठमाडौँ । करारमा रहेका कर्मचारीहरूको सम्झौता नवीकरण गर्ने सहमति भएपछि धरान उपमहानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट आएको छ । करारका कर्मचारीको सम्झौता नवकिरण गर्ने की नगर्ने विषयमा विवाद हुँदा धरान उपमहानगरले बजेट ल्याउन सकेको थिएन ।

करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने सहमति भएपछि आइतबार धरान उप महानगरले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट ल्याएको हो ।धरान उपमहानगरले १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेको धरानका उप मेयर आइन्द्र विक्रम बेघाले बताए ।

यसअघि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरूबीच करारका कर्मचारीको सम्झौता नवीकरणका विषयमा विवाद उत्पन्न भएको थियो । विवादका कारण निर्धारित समयमा बजेट पेस हुन नसक्दा धरानमा बजेट शून्यता भएको थियो ।

उपमहानगरले पेस गरेको बजेटमा आर्थिक वर्षका २०८१/०८२ लागि आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार संघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख र प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस