काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको लिङ्देनको भनाइ छ ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे ।
‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ?' तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।
उनले दलका नेताहरूलाई जनताले नपत्याउने अवस्था रहेको भन्दै विगतमा आफूले कांग्रेसको महाधिवेशनमा भनेको ‘चोर नेता’को अभिव्यक्ति स्मरण गरे । अहिले पनि जनताको सोचाइ त्यो बेलाको भन्दा फरक नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
संसद्मा गणितमात्र सत्य होइन : राजेन्द्र लिङ्देन
विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङ्देनको आग्रह
सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन : लिङ्देन
राप्रपा अध्यक्ष लिङदेनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट