काठमाडौ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन्।
बुधबार साँझ पत्र सानेपाबाट तरकारी किन्न कालीमाटी
बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए ।
बिहीबार आमाको बार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, "आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुई वटा स्कुटर लिएर आयौं, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौं।" शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन् ।
देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने बताउँछन्। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ साउन २०८१, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !