काठमाडौं । उपसभामुख इन्दिरा रानाले बिचौलियासँग साँठगाँठ गरेर केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।
अमेरिकी दूतावासलानई भीसा दिन माग गर्दै लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले उनको राजीनामा मागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरण विपरितको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताए । रानाले रकम उठाएर अमेरिका नपाएका पीडितहरुले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमासमेत उजुरी गरेका छन् । सो उजुरीबारे विस्तृत अध्यक्ष भईरहेको उनले जानकारी दिए ।
‘उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्न सुहाउँदैन । उहाँले ६ गते प्रतिनिधि सभा बैठक बस्नुअघिनै आफ्नो पदबाट राजीनामा दिनुपर्छ । जान्नेलाई छान्ने पार्टीले उपसभामुख बनाएको व्यक्तिबाट यस्तो कार्य हुनु सोभनीय भएन् । यसबारेमा उहाँ र उहाँको दल रास्वपाले जवाफ दिनुपर्छ’ खतिवडाले रिपोर्टर्स क्लब नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै भने ।
उपसभामुख रानामाथि यस्तो गम्भीर आरोप लाग्दा पनिउ नी र उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन् । यता रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसबारेमा केही पनि टिप्पणी गरेको छैन् । प्रतिनिधि सभाको बैठक आइतबारका लागि डाकिएको छ । सो समयसम्म रानाले राजीनामा नदिए सदन चर्काउने सत्तारुढ दलका सांसदको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै