मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालिकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३१ असार २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
माओवादीद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध