काठमाडौं। ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा. हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ । सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु २० हजार रहेको छ ।
सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टीभीमा कार्यरत छिन् । पुरस्कारको राशि रु १० हजार रहेको छ ।
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारूलाई प्रदान गरिएको छ । उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १६ : ०४
लेखकबाट थप