पोखरा । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए ।
देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ । उनले कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् ।
त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आयपुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कार्यक्रमभ पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १२ : ०८
लेखकबाट थप