काठमाडौं । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ ।
सो संगठनका अध्यक्ष विरेन्द्र शाहले गत चैत २६ गते शिक्षा मन्त्रालयमा ३९ बुँदे माग पत्र बुझाएको र सरकारले सो विषयमा कुनै सुनुवाई नगरेकोले आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए ।
शाहले गणतन्त्र आइसकेको लामो समयमसम्म पनि नेपालमा पञ्चायतकालिन् शिक्षा ऐन हुँनु दुर्भाग्य भएको बताउँदै भने“डेट एक्स्पायर भइसकेको शिक्षा ऐन मार्फत दिन दुई गुणा र रात चौगुणाका दरले युवा विद्यार्थी बेच्ने दलाल सरकारलाई देशप्रति कुनै चिन्ता छैन ।
पछिल्लो समय शिक्षकहरुले शिक्षा ऐन जारी गर्न तथा उनीहरुको माग पुरा गर्न आनाकानी गरिरहनुमा पनि राज्यमा बसेका जिम्मेवार व्यक्तिहरुको स्वार्थले अड्काईरहेको शाहले आरोप लगाए ।
संगठनकी उपाध्यक्ष रुपा बुढामगरले तत्काल सरकारले निःशुल्क र समान शिक्षासहितको शिक्षा ऐन जारी गर्न माग गर्दै अन्यथा संगठनले आन्दोलन चर्काउने चेतावनी दिइन् ।
पत्रकार सम्मेलनमा संगठनका सचिवहरु गोविन्द विष्ट, डिबी शाही, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधानमा भएको नीतिगत त्रुटि सच्याउन क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम वहिष्कारको चेतावनी
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा