रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १२ : ३४
रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् । मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि बुधबार बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए ।

‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन,’ शर्माले लेखेका छन् ।३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा पार्टीको दुरावस्था उतार्ने रास्वपाका संस्थापक महामन्त्री ढकाल रास्वपाको साधारण सदस्यमा समिति हुन पुगेका छन् ।

प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस