बेचन झाहरूले काँग्रेस-एमालेलाई चैन दिने छैनन् : रास्वपा

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १३ : १६
बेचन झाहरूले काँग्रेस-एमालेलाई चैन दिने छैनन् : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताएका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो,’ उनले भने ।

एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको परियारले दाबी गरे ।