५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को ?(सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २९ पुस २०८१, १४ : २०
५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को ?(सूचीसहित)

काठमाडौँ। सरकारले जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस