मधेश केन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, १४ : ५०
मधेश केन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ ।

मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए ।

मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय मधेस केन्द्रित दलका नेताहरुले बताएका छन् ।

बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् । मधेस केन्द्रित दलका नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा.शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस