काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।
हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठूलो भूमिका खेल्ने भएको छ । मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए ।
एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढेपनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो ।
राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो । फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ । उता वामपन्थी समर्थकहरुले आइतबार रातिदेखि पेरिसको सडकमा ठूलो संख्यामा विजयी जुलुस निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ असार २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा
स्पेन युरोकपको फाइनलमा, सेमीफाइनलमा फ्रान्स पराजित
फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी