काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पदमुक्त भएका छन् ।
बीबीसीका अनुसार फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक हो ।सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो ।
मिशेल तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका थिए । अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे ।
फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गरेका थिए ।
फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तनाव बढेको थियो । प्रधानमन्त्री बर्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।
आज प्रधानमन्त्री बर्नियेले राष्ट्रपति म्याक्रोसमक्ष आफ्नो राजीनामा पेस गर्ने छन् । सरकार ढलेसँगै आगामी वर्ष सन् २०२५ मा देशको बजेटलाई लिएर चिन्ता व्यक्त भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा
स्पेन युरोकपको फाइनलमा, सेमीफाइनलमा फ्रान्स पराजित
फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी