फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो

एजेन्सी

आइतबार, ११ फागुन २०८१, ०९ : २०
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो

एजेन्सी  ।  फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्।

समाचारअनुसार आरोपीले सुरुमा दुई प्रहरीलाई अन्धाधुन्द चक्कु हानेर गम्भीर घाइते बनाए । आक्रमणबाट एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको समाचारमा उल्लेख छ । 

सो देखिरहेका एक ६९ वर्षीय पोर्चुगिज पुरुष हस्तक्षेप गर्न जाँदा उनीमाथि पनि चक्कु प्रहार भयो र उनको मृत्यु भएको बताइएको छ । 
घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवादसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

राष्ट्रपति इमानुएल म्याक्रोले यो इस्लामवादी आतंकवादी हमला भएको भन्दै कडा विरोध गरेका छन् ।