भारतीय नागरिकको कोठामा प्रहरीको छापा, सुन र ५० लाखसहित ५ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २१ असार २०८१, १३ : ५६
भारतीय नागरिकको कोठामा प्रहरीको छापा, सुन र ५० लाखसहित ५ जना पक्राउ

काठमाडौं। ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेको छ । भारतको महाराष्ट्र घर भएर ललितपुर ताल्छिखेल बस्दै आएका युवराज विभुतेको डेरामा शुक्रवार प्रहरीले छापा मारेको हो ।

प्रहरीले छापा मारेर भारतीय नागरिकहरू २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार पक्राउ परेकाबाट १६९ ग्राम ९७० मिलीग्राम सुन, २४७ ग्राम २५० मिलीग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मशिन र बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरिएको छ ।   

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस