चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ११ : ०२
चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए

काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिएका छन् । असोज ११ मा दिउँसो १ बजेतिर उनी माइक्रोबसमा चढेर काठमाडौँ हिँडेका थिए ।

नरेन्द्र खत्रीको शव धादिङको धुनीवेशी नगरपालिका स्थित झ्याप्लेखोला पहिरोमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले  बताए । ६५ वर्षीय खत्री चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।

हिमालयन डिस्टीलरीमा कार्यरत उनको शव सनाखत गरेर परिवारले दाहसंस्कार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस