सर्लाही। सर्लाहीमा नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टर नहरमा खस्दा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य तीनजना बालक घाइते भएका छन्। सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिएको थियो ।
दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन्।
घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ। सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असोज २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
दाङमा विंगर गाडी दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
बुटवलमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना, पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु