जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १३ : ०९
जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय ३० रूपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो । 

यसैगरी तनहुँको म्याग्दे गाउँपालिका-७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ परेका छन् । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

यस्तै, सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ३ सय १५ रूपैयाँ, १३ बुक तास र मोबाइल ४ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।