प्रहरी निरीक्षक शाहीलाई निलम्बन

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, २० : ४२
प्रहरी निरीक्षक शाहीलाई निलम्बन

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको जानकारी दिएको छ। 

शाहीमाथि प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुखको रूपमा कार्यरत रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनामा उनको संलग्नता रहेको आशंकामा ललितपुर प्रहरीले छानबिन अघि बढाएको थियो। ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस