बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १२ : ३७
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

रोल्पा। रोल्पामा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका २ खोलबाङका ३२ वर्षीय बिर्सी विक छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​विकले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।