लागुऔषधसहित ६ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १५ : ४१
लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं। काठमाडौंको चमतीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १९ वर्षीय नवीन रिजाल, काठमाडौंका २६ वर्षीय अनिश महर्जन, चितवनकी २५ वर्षीय अनु तामाङ, धादिङका ४० वर्षीय केशर स्याङ्तान, धादिङका २८ वर्षीय राजेश परियार र तनहुँका सुवास परियार छन् ।

उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीन रिजालको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।​

प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस