अञ्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ सीईओ

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १५ : ५६
अञ्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ सीईओ

काठमाडौं। हिमालयन एभरेरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबारदेखि लागु हुनेगरी कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

बुधबार साँझ उक्त निर्णय गरिएकोमा नवनियुक्त सीईओ श्रेष्ठले सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि भदौ २७ गतेदेखि उनी उक्त इन्योरेन्सको निमित्त सीईओ थिइन् ।

यसअघि सीईओ रहेको विजयबहादुर शाहले असार १३ गते राजीनामा दिएपछि उक्त कम्पनी सीईओबिहीन थियो । योसँगै तीन मपहिनादेखिको सीर्यओको रिक्तता अन्त्य भएको छ ।

 

प्रतिक्रिया दिनुहोस