कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ०७ : ०४
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौ । नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्नेगरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ ।

सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो ।