काठमाडौँ । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामुहिक छलफल गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग बिहीबार कांग्रेसले छलफल गर्ने तय गरेको छ।
यो छलफल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुने जनाइएको छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। यस सहमतिअनुसार सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी काँग्रेसले १२ जनालाई पठाएको छ।
गत भदौदेखि सरकारका कामलाई परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफलहरू निरन्तरता दिइरहेको कांग्रेसको भनाइ छ।
पछिल्लो समय मन्त्रीहरुले कामै गर्न नसक्दा सरकार सुस्त बनेको आवाज उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै