काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले विभाजन गरेर नयाँ दल गठनको निर्णय सही प्रमाणित भएको दाबी गरेका छन् ।कम्युनिस्ट पार्टीको पुनर्गठन र रुपान्तरणका लागि नेकपा एस जन्मिएको उनले बताए ।
समाजवादीको १० औं महाधिवेशनको औपचारिक उद्घाटनअघि कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव भुसालले कम्युनिस्ट आन्दोलन सही दिशातिर अगाडि बढ्दै गरेको बताएका हुन् ।
‘तीन वर्षमा हामीले अनेक उकाली–ओराली र हण्डर ठक्कर खायौं । क्षति व्यहोर्यौं होला, तर भविष्य प्रतिको संकल्प भुलेनौं,’ भुसालले भने, ‘हामीले भविष्यमा अझ धेरै हण्डर-ठक्कर खानुपर्नेछ, तर कम्युनिस्ट आन्दोलनले लिनुपर्ने सही दिशातिर अघि बढ्दैछ ।’
महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवालगायत उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब महाधिवेशन अघिका सबै नकारात्मक कुरा अन्त्य गरौँ : महासचिव भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल
सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ : महासचिव भुसाल