सुर्खेत । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार गएरातिको वर्षाले राजमार्गको दैलेख खण्डका पाँचवटा ठाउँमा पहिरो गएको थियो ।प्रहरी, सशस्त्र प्रहरी लगायतको रोहवरमा राजमार्ग खुलाएसँगै सवारी साधन आवत–जावत सुरु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
मुग्लिन-पोखरा सडक पाँच दिन अवरुद्ध हुने
कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध
बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध (सूचीसहित)