चिनियाँसँग बिहेको नाटक गराएर बेचियो नेपाली युवती, आरोपी महिला पक्राउ

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, १६ : ४२
चिनियाँसँग बिहेको नाटक गराएर बेचियो नेपाली युवती, आरोपी महिला पक्राउ

काठमाडौं। चीनमा लगेर नेपाली युवती बेचनबिखन गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगाकी सुन्दरी राईलाई पक्राउ गरेको छ । राईले समाजिक सञ्जालमार्फत चिनजान भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरेर चीन गए राम्रो हुने आश्वासन दिएकी थिइन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार राईले ठमेलमा बोलाएर युवतीलाई चिनियाँ केटासँग भेटाएकी थिइन् ।

राईकै योजनाअनुसार गत फागुन १० गते युवती चीन पुगिन् । चीनमा युवती पुर्याएपछि राईले उनलाई एक लाख ५० हजारमा बिक्री गरेर फर्किइन् ।

पीडितले ब्युरोमा बताएअनुसार चिनियाँ केटाले उनलाई मानसिकसँगै शारीरिक यातना पनि दिएका थिए । आफूमाथि पटक–पटक यौनशोषण भएपछि पीडित युवतीलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते नेपाल उद्दार गरिएको जानकारी एसपी मिश्रले दिए ।

युवतीकै जाहेरीका आधारमा आरोपी राईलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस