काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनुले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताए ।
उनले भने, ‘भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ । त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा बताउँछ । हाम्रो निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई पनि बताउँछ । यो निजामतीमा मात्रै सीमित रहेर सम्भव छ ।’
उनले निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई यसले स्पष्ट बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन दलको साझा संकल्पसँग बजेटको तालमेल मिलेन : ठाकुर गैरे
सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस् : ठाकुरप्रसाद गैरे