जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

सोमबार, १७ असार २०८१, १६ : ५०
जलस्रोतको स्वामित्व र अधिकार नेपालमै निहित छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् । सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

‘नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहनेछ भन्ने स्पष्ट लेखेका छौं,’ उनले भने । सांसदहरूले नेपालको जलस्रोतमा बाह्य मुलुकको लगानी रहेको र विदेशीको पकडमा पुगेको भनेर टिप्पणी गरेका थिए ।

जवाफमा मन्त्री बस्नेतले यस्तो आशंका गर्न आवश्यक नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस