एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि आफ्नो देशले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।
शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो। म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’
यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्। रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्।
कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो। हामीले हासिल गर्न चाहेको यही हो।’
रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ।
शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि