काँग्रेसका नेता जितेन्द्र नारायण देव एमाले प्रवेश

सफल खबर संवाददाता

सोमबार, १७ असार २०८१, १६ : २७
काँग्रेसका नेता जितेन्द्र नारायण देव एमाले प्रवेश

काठमाडौँ । नेपाली काँग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधान सभा सदस्य भए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भएपछि उनी पनि साथमा गए ।

काँग्रेसबाट राष्ट्रिय सभा सदस्य समेत भएका देवको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस