थमन विक हत्या प्रकरण : फरार प्रतिवादी यादव पक्राउ

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १४ : ५४
थमन विक हत्या प्रकरण : फरार प्रतिवादी यादव पक्राउ

काठमाडौं। सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमनकुमार विक हत्या आरोपमा फरार रहेका कौसलकुमार यादव पक्राउ परेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले नियन्त्रणमा लिएको हो ।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार यादवविरुद्ध २०७५ साउन २८ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।​त्यसै बेलादेखि उनी फरार थिए । विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मीप्रसाद कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।तर कोइरीले भने सफाइ पाइसकेका छन् ।

 

 

 

 

 

 

 

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी पुगेका असई विकमाथि आन्दोलनकारीहरूले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर पठाइएको थियो । तर महोत्तरीको साबिक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस