सकेसम्म सहमतिमै नेतृत्व चयन : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १६ : ४२
सकेसम्म सहमतिमै नेतृत्व चयन : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन् ।  पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताए । फरक प्रसङ्गमा खनालले देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सबै दलहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए ।

 ‘यो पार्टीले पहिलो पटक साहसका साथ संविधानले भनेको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेका छ । यसले समाजवादी आन्दोलनलाई समाजवादसम्म पुर्‍याउने आधार निर्माण गर्न सक्छ’, खनालको भनाइ छ ।

उनले देशमा भ्रष्टाचार नियन्त्रणका साथै सामाजिक आर्थिक रूपान्तरण गर्न जरुरी रहेको भन्दै विकृतिको उरुङ कसरी बढार्ने भनेर प्रतिस्पर्धासँगै दलहरूबिच सहकार्य पनि गर्नुपर्ने बताए । ‘गम्भीर राष्ट्रिय सवालमा किन एकताबद्ध भएर अघि बढ्न सक्दैनौ ?’, खनालको प्रश्न छ ।

 

 

प्रतिक्रिया दिनुहोस