बुमराह बने टी–२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, ०७ : ३५
बुमराह बने टी–२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । 

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । 

शनिवार राति बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । 

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

यसअघि भारतले सन् २००७ मा पाकिस्तानलाई हराउँदै टी–२० विश्वकपको पहिलो उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस