सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १३ : २३
सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ

काठमाडौँ । बाँकेको नेपालगन्जमा सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरी छन् ।

उनलाई नेपाल– भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बाँकेका एसपी तुलबहादुर कार्कीले  बताए। उनी शुक्रवार पक्राउ परेका हुन् ।

२९ वैशाख २०८० मा नेपालगन्जमा डेरा गरेर बस्ने कोहलपुर–६ घर भएकी थारुको हत्या भएको थियो । घाँटी रेटेर हत्या भएको घटनामा संलग्न आरोपीलाई प्रहरीले लामो समयसम्म पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो ।

आरोपीलाई अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस