बागमती प्रदेश सभा बैठक मङ्गलबार बस्ने

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १४ : २८
बागमती प्रदेश सभा बैठक मङ्गलबार बस्ने

हेटौंडा। बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार मङ्गलबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो ।

मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै यही असार १३ गते बस्ने प्रदेश सभाको बैठकमा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयअन्तर्गत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने एवं विनियोजित बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताए ।यसअघि गत असार ७ गते बसेको प्रदेश सभा बैठकमा बजेटसम्बन्धी छलफल भएको थियो।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस