बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रममाथि छलफल हुने

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १२ : ४०
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रममाथि छलफल हुने

काठमाडौं। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।बैठक अपरान्ह ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस