माओवादीले बोलायो संसदीय दलको बैठक

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, ०८ : ५०
माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  

बैठक बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

प्रतिनिधिसभाबाट आइतबार बजेट पारित गर्न लागिएको सन्दर्भमा यसबारे पार्टीको तर्फबाट आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।  माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको छ।